सुदूरपश्चिम प्रदेश खेलकुदको प्रबल सम्भावनाको क्षेत्र हो, मन्त्री खड्का

सुदूरपश्चिम प्रदेश खेलकुदको प्रबल सम्भावनाको क्षेत्र हो, मन्त्री खड्का

कैलाली:सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले सुदूरपश्चिम प्रदेश खेलकुदको प्रबल सम्भावनाको प्रदेश भएको बताएका छन।

शुक्रबार  कैलालीको कैलारी गाउँपालिका वडा न ४ मा आयोजित थारुहरुको विशेष पर्व अटबारी तथा महिलाहरुको महानपर्व हरितालिका तिज पर्वको अवसरमा २५औ निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगिता २०८१को उद्घाटन गर्दै मन्त्री खड्काले सुदूरपश्चिम खेलाडीहरुले बिभिन्न खेलहरुमा राष्ट्रिय स्तरमा बर्चस्व कायम राखेको बताएका छन् ।

आफू भित्र लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्न सके खेलाडी र गाउँ ठाउँको मात्रै नभई सिङ्गो देशमा आफ्नो पहिचान बनाउन सक्ने बताए ।

सुदूरपश्चिमकै दिपेन्द्र सिहं ऐरीले बिश्व जगत नेपालको नाम चिनाउने काम गरेका बताउदै अन्य खेलाडीहरुले समेत लामो लक्ष्य राखेर खेल क्षेत्रमा लाग्नुपर्ने बताए। खेल र खेलाडीका क्षेत्रमा आफ्नो मन्त्रालयले क्षमताले भ्याय सम्म काम गर्ने र गरिरहेको मन्त्री खड्काले बताए ।

किर्केट मात्रै नभई भलिबल देखि अन्य खेलहरु चाहे उमेर समुह होस् चाहे सिनियर टिममा सुदूरपश्चिमका खेलाडीहरुको बर्चस्व कायम रहेको खेल र खेलाडीको क्षेत्र जति लगानी गर्नु  पर्ने हो त्यति लगानी गर्ने नसकेको बताए ।

Leave a Reply