नेपाली काङ्ग्रेस अछामका पुर्व क्षेत्रीय सभापति भाटको निधन

नेपाली काङ्ग्रेस अछामका पुर्व क्षेत्रीय सभापति भाटको निधन

अछाम : नेपाली काङ्ग्रेस अछामका पुर्व क्षेत्रीय सभापति डण्ड प्रसाद भाटको निधन भएको छ ।

नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर २ का पुर्व क्षेत्रीय सभापति भाटको मंगलबार जानकी गाउँपालिका वडा नम्बर ९ खैरिफाटा स्थित आफ्नै निवास मा निधन भएको हो ।

भाट घाटिको क्यान्सर रोग बाट ग्रसित थिए । उनको भदौ १९ गते भोलि कर्णाली नदिमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । भाट लामो समयदेखि नेपाली काङ्ग्रेस पार्टीमा सक्रिय थिए ।

Leave a Reply