श्री गोरख बक्स गण अछामद्वारा बैधनाथ मन्दिर परिसरमा वृक्षारोपण

श्री गोरख बक्स गण अछामद्वारा बैधनाथ मन्दिर परिसरमा वृक्षारोपण

अछाम : नेपाली सेनाको अछाम जिल्ला स्थित श्री गोरख बक्स गणले वृक्षारोपण गरेको छ ।

नेपालको चारधाम मध्यको एक धाम अछामको श्री वैधनाथ मंदिर परिसरमा विभिन्न प्रजातिका बिरुवाहरु रोपण गरिएको गणका सेनानी ज्ञानेन्द्र कुवरले जानकारी दिए ।

उक्त वृक्षारोपण कार्यक्रममा श्री वैधनाथ वेद विद्याश्रमका प्रधानाध्यापक देवराज उपाध्याय, शिक्षक , शिक्षार्थी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

श्री गोरख बक्स गण मंगलसेनबाट खटिएको टोलिले जिल्ला वन कार्यालय, अछामसंग समन्वय गरि २० चिउरि र ५५ डालिघांसका विरुवाहरू वृक्षारोपण गरेको सेनानी कुवरले बताए ।

Leave a Reply