नेपाली काङ्ग्रेस अछामद्वारा विभिन्न विषयमा जिल्ला प्रशासनको ध्यानाकर्षण

नेपाली काङ्ग्रेस अछामद्वारा विभिन्न विषयमा जिल्ला प्रशासनको ध्यानाकर्षण

अछाम : जिल्लामा नागरिक संग प्रत्यक्ष रूपमा सरोकार राख्ने समसामयिक विषयवस्तुका सम्बन्धमा नेपाली काङ्ग्रेस अछामले जिल्ला प्रशासन कार्यालय अछामलाई ध्यानाकर्षण गराएको छ ।

नेपाली काङ्ग्रेस अछामका कार्यवाहक सभापति नयाँराम बजगाइ द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा आउदै गरेको बिजया दशमि तथा शुभदिपावली लगायतका चाडपर्व हरुलाइ मध्यनजर गर्दै जिल्ला भित्र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनुपर्ने,जिल्ला भित्रका मुख्य र सहायक सडक संरचना मर्मत सम्भारका लागि आवश्यक  समन्वय र सहजीकरण गर्नुपर्ने , चाडपर्वको समयमा हुने कालोबजारी ,महंगि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाट भरपर्दो अनुगमनको ब्यवस्था मिलाउनुपर्ने,

अछाम जिल्लामा संचालित संघ ,प्रदेश र स्थानीय सरकारको महत्वोपुर्ण योजना हरुको गुणस्तर परिक्षण र निर्धारित समयमै निर्माण कार्य सम्पन्न गराउनका लागि आवश्यक पहल कदमी बढाउनुपर्ने , चाडपर्वको समयमा जिल्ला भित्रको यातायात भाडादरमा एकरुपता ल्याउने सोको प्रभावकारी अनुगमन गरिनुपर्ने , निर्माण कार्य रोकिएका जिल्ला स्थित विभिन्न आयोजनाहरुको निर्माण प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई पहल गराउने लगायतका बारेमा ध्यानाकर्षण गराएको हो ।

उक्त ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले महत्वपूर्ण कुरा हरु उठाएकोले सो कुरा हरुको सम्बोधनका साथै सम्बन्धित निकायमा पहल कदमी अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका सचिव प्रकाश साउद ,महासमिति सदस्य बलबहादुर कुवर,पदमराज अधिकारी ,महाधिवेशन प्रतिनिधि यज्ञ प्रसाद ढकाल ,नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर २ का सभापति पुष्पराज शर्मा लगायतको उपस्थित रहेकोे थियो ।

Leave a Reply