शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था अछामको १३ औं बार्षिक साधारण सभा सम्पन्न

शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था अछामको १३ औं बार्षिक साधारण सभा सम्पन्न

अछाम : शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलसेन अछामको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष जय बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो । कार्यक्रममा दीप प्रज्वलन बाट उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले सहकारी आर्थिक विकासको मेरुदण्ड बन्नुपर्ने बताउदै।
शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था अछामले जिल्लामा निकै महत्वपूर्ण काम गरेकोले आगामी दिनहरूमा पनि संस्थाको हित हुनेगरि काम गर्न सुझाव दिनुभयो ।

सहकारी समृद्धिको आधार रहेको उल्लेख गर्दै उहाँले सहकारीको उद्धेश्य अनुसार कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।

शिक्षकहरुको ऐतिहासिक महत्व बोकेको सहकारीको रुपमा रहेको यो सहकारीको विषयमा विगत दुई वर्ष देखि आफूले पनि नियाल्दै आएको र राम्रो गतिमा अगाडी बढिराखेको भन्दै खुशी ब्यक्त गर्नु भयो। साथै उहाँले सहकारीको विकासको लागी आफ्नो नगरपालिकाको तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्नु हुदै नेपाल शिक्षक संघका पूर्व अध्यक्ष पदमराज अधिकारी र पञ्चदेवल विनायक नगरपालिका उपप्रमुख हर्क बहादुर रावलले सहकारीका शेयर सदस्यहरू बढाएर नियमित बचत कर्ताले नियमित बचतमा जोड गर्न आग्रह गर्नु भयो। त्यस्तै उहाँले
सहकारीलाई अग्रगतिमा लिन शेयर सदस्य र संचालक समिति सबै इमान्दार हुन जरुरी रहेको समेत बताउनुभयो ।

साधारण सभामा बिशिष्ट अतिथि नेपाल शिक्षक संघका अध्यक्ष नवीन्द्रराज जोशी रहनु भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय राष्ट्रिय महिला समिति सचिब छत्रकला बयक , सुदुर पश्चिम प्रदेश उपाध्यक्ष पुष्प राज भण्डारी , नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष बिष्णु प्रसाद भण्डारी , अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धुर्ब कुमार शाही , शिक्षक महासंघका सचिब हर्क बिष्ट, शिक्षक हित बचत तथा सहकारी संस्था का अध्यक्ष मदन बहादुर बोगटी,नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष शरद प्रसाद ढुंगाना, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारी लगायतले साधारण सभामा शुभकामना मन्तब्य राख्नु भएको थियो।

साधारणसभाले संस्थाका अध्यक्ष जय बहादुर बोगटीको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष एकिन्द्र कुँवरको आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक दिपक बहादुर कुँवरको लेखा समिति प्रतिवेदन पारित गरेको छ ।

सहकारी संस्थाका नियमित बचत कर्ता, असल बचत कर्ता, असल ऋणी हरुलाई प्रोत्सानस्वरुप सम्मान गरेको छ भने सहकारीको विकासमा महत्वपूर्ण योगदान गर्नेहरूलाई पनि सम्मान गरेको छ। सहकारीले आर्थिक वर्ष २०८०/०८१ को बार्षिक साधारण सभा समयमै सम्पन्न गर्न सफल भएको छ।

Leave a Reply