बिजया दशमीको शुभकामना आदानप्रदान तथा चिट्ठा उपहार बितरण कार्यक्रम बिनायकमा सम्पन्न 

बिजया दशमीको शुभकामना आदानप्रदान तथा चिट्ठा उपहार बितरण कार्यक्रम बिनायकमा सम्पन्न 

अछाम : नगर युवा संजाल पञ्चदेवल बिनायक नगरपालिका अछामको आयोजनामा बिजया दशमी तथा शुभ दिपावलिको अवसरमा शुभकामना आदानप्रदान तथा चिट्ठा उपहार कार्यक्रम सम्पन्न भएको छ ।

नगर युवा संजालका अध्यक्ष सुशील बटालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पन्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउने रहनु भएको थियो ।

चिट्ठा उपहार कार्यक्रममा प्रथम पुरस्कार खसी  बिजेता पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर १ भुवन ढकाल भएका छन् । त्यस्तै माछापुच्छ्रे बैंक बिनायकका प्रबन्धक वसन्त नेपालीले द्वितीय पुरस्कार मोबाइल सेट प्राप्त गरेका छन् ।  पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ का डेबिस बिकले तृतीय पुरस्कार अन्तर्गत स्टिल दराज प्राप्त गरेका छन् । सान्त्वना पुरस्कार अन्तर्गत भलिबल र नेट पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ७ का रमेश रावलले प्राप्त गरेका छन् । कार्यक्रममा पाँचौ ,छैटौं र सातौ स्थान सम्मका बिजेता लाई पुरस्कार बितरण गरिएको संजालका उपाध्यक्ष प्रशान्त अधिकारीले जानकारी दिए

कार्यक्रममा नगर उपप्रमुख हर्क रावल ,वडा नम्बर  १ अध्यक्ष दुर्गा प्रसाद तिमिल्सैना , वडा नम्बर २ अध्यक्ष  कृपा धामी ,वडा नम्बर ३ का अध्यक्ष बजिर शाही ,७ का वडा अध्यक्ष सुरत रावल ,नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष रमेश रावत ,नेपाली काङ्ग्रेसका नेता हिक्मत धामी ,उधोग बाणिज्य महासंघ पन्चदेवल बिनायक नगरपालिका महासचिव भिम नेपाली ,लगायतका अतिथि रहेका थिए ।

युवा संजालका उपाध्यक्ष प्रशान्त अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन तपेन्द्र धामीले गरेका थिए ।

Leave a Reply