अछाममा बाजागाजा सहित नेपाली सेनाले भित्र्याए फुलपाती

अछाममा बाजागाजा सहित नेपाली सेनाले भित्र्याए फुलपाती

    सुशील भण्डारी असोज २४,अछाम,

 जिल्ला स्थित नेपाली सेनाको गोरख बक्स गणको एक टुकटीले हिन्दु धर्मको परम्परागत संस्कृति र आफ्नो प्रचलन अनुसार सलामी दिएको थियो ।

सेनाको प्रचलन अनुसार सलामी दिदै कुपिण्डो र बोकाको बली दिई धार्मीक परम्परा अनुसार फुलपाती भित्र्याईएको छ ।

बेलपत्र, दारिम, हलेदो, केराको बोट, उखु, धान र जयन्ती, अशोकको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन देवी समक्ष अर्पण गर्ने चलन रहेको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका फुलपाती भित्र्याउने गरिएको  प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको प्रजिअ लम्सालको भनाइ छ । हाम्रा रिति रिवाज र चाडपर्व हरुलाइ जगेर्ना गर्ने उदेश्यका साथ फुलपाती भित्र्याउने कार्यक्रम भव्य रुपमा मनाइएको उनले बताए ।

कार्यक्रममा गोरख बक्स गण अछामका गणपति प्रमुख सेनानी संगम अधिकारी ,  जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारी  लगायतको उपस्थित रहेकोे थियो ।

नेपाली सेना ,नेपाल प्रहरीको र स्थानीय बाजा गाजा सहित
फुलपाती भित्र्याइएको थियो ।

Leave a Reply