जिल्लाका समस्या समधानको लागि निरन्तर प्रयत्नशील छु : सांसद शाह

जिल्लाका समस्या समधानको लागि निरन्तर प्रयत्नशील छु : सांसद शाह

अछाम : नेपाली कांग्रेस अछामका सभापति एवं प्रतिनिधि सभा सदस्य माननिय पुष्पबहादुर शाहले पाटी भित्रको आन्तरिक विषयलाई विषयान्तर गरी पार्टीका नेता कार्यकर्ताको बारेमा अनावश्यक प्रचारप्रसार गर्नेलाई पार्टीले कारबाही गर्ने बताएका छन् ।

सामाजिक संजालको गलत प्रयोग गरी पार्टी संगठनलाई कम्जोर बनाउन खोज्ने जो कोही लाई कारबाही गरिने बताएका हुन् ।

नेपाल प्रेस युनियन अछामले आयोजना गरेको छलफल तथा अन्तरक्रियामा बोल्दै प्रतिनिधी सभा सदस्य शाहले जिल्लाका जल्दाबल्दा समस्या समधानको लागि निरन्तर प्रयत्नशील रहेको र सोही अनुसार काम भईरहेको बताए । आफ्नो पहलमा भएका जिल्लाका बिभिन्न कामको समेत केही व्यक्तीहरुले गलत प्रचारप्रसार गर्ने गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

नेपाल प्रेस युनियन अछामका अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद शाहले बडा दशै, शुभदिपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरान जिल्लाबासी एवंम देशबिदेशमा रहेका आम नेपाली नागरिकलाई शुभकामना व्यक्त गरेका छन् ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख एवंम कांग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री  अम्बिका चलाउने, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुशील भण्डारी, पूर्व केन्द्रीय सदस्य रामबहादुर कुवँर, कांग्रेस अछामका उपसभापती नयाराम बजगाँई, युनियन संग आबद्ध पत्रकार एवंम सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन अछामका सचिव तरामान खड्काले गरेका थिए ।

Leave a Reply