नगर प्रमुख ढकालको पहलमा टंक प्रसाद जैशीको कात्तिक १४ गते आखाको अप्रेसन हुने 

नगर प्रमुख ढकालको पहलमा टंक प्रसाद जैशीको कात्तिक १४ गते आखाको अप्रेसन हुने 

अछाम : अत्याधिक रक्तश्राव पछि ज्यान गुमाएकी ढकारी गाँउपालिका वडा नं. ८ की सरिता जैशीका श्रीमानको आखाको अप्रेसन हुने भएको छ ।

दुबै आँखा देख्न नसक्ने सरिताका श्रीमान् टंक प्रसाद जैशीको तिलगंगा आँखा अस्पतालमा एक हप्ताको उपचार पछि कार्तिक १४ गते अप्रेशनको मिति तोकिएको छ ।

कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले केही दिन पहिले आफ्नै पहलमा टंक प्रसादको उपचारका लागि काठमाण्डौँ पुर्याएका थिए ।

आफु चड्ने गाडीलाई टंकप्रसादको घरमै पुगाएर उननलाई त्यहाँबाट लिएर सुर्खेत सम्म र त्यसपछि हवाईजहाज मार्फत काठमाण्डौँ पुर्याएका हुन् । नगर प्रमुख ढकालले आफ्नै खर्चमा काठमाण्डौँ पुर्याएर उनको उपचारका लागि तिलगंगा आँखा अस्पताल काठमाण्डौँमा लिएका थिए ।

नगर प्रमुख ढकालले सामाजिक संजाल मार्फत जैशिको अप्रेसनको प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् । उनका अनुसार डाक्टरको सल्लाह अनुसार एउटा आँखाको उपचार सम्भव नभएको र अर्को आँखाको मोतिबिन्दुको अप्रेशन पश्चात आँखा खुल्ने सम्भावना रहेको छ।

डाक्टर मोहन कृष्ण श्रेष्ठकोको सहयोगमा फास्ट ट्रयाक बाट सम्बन्धित रोगको विशेषज्ञ डाक्टरको मा बिरामीलाई पुर्याएको छ भने बागमती प्रदेश सरकारका पूर्व सांसद समाजसेवी श्री नरोत्तम बैद्य ज्यू को विशेष पहलमा औषधि उपचारमा लाग्ने सम्पूर्ण शुल्क अस्पताल प्रशासनले छुट दिएको नगर प्रमुख ढकालले बताए ।

Leave a Reply