महाकवि देवकोटा स्मृति काव्य उत्सब देवकोटमा सम्पन्न
शुसिल भण्डारी
कार्तिक १६, २०८१ १०:२२:३१ • ३४८ पटक पढिएको
सुशील भण्डारी,अछाम : महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृति काव्य उत्सब २०८१ सम्पन्न भएको छ ।
देवकोटा हरुको उद्गगम थलो अछामको ढकारी गाउँपालिका वडा नम्बर ८ को देवकोटमा महाकवि देवकोटा स्मृति काव्य उत्सब सम्पन्न भएको हो ।
देवकोटा बन्धु समाज अछामको आयोजनामा स्मृति काव्य उत्सवमा साहित्यिक,सांस्कृतिक,देउडा अनि देउसिभैलाे कार्यक्रम गरिएको थियो ।
देशभर छरिएर रहेका देवकोटा बन्धु हरुलाइ आफ्नो इतिहास थाहा पाउनका लागी भए पनि हरेक वर्ष विभिन्न प्रस्तुतिका साथ उत्सव मनाउने गरिएको देवकोटा बन्धु समाज अछामका अध्यक्ष नवराज देवकोटाले बताए ।
देवकोटाको इतिहास हराउदै गएको अवस्थामा लक्ष्मी प्रसाद देवकोटाको पुर्खा सोही ठाँउ बाट उत्पती भएकोले देशभर यो ठाउँलाई चिनाउन लागी गाउँपालिकाले महाकवि देवकोटाको शालीन बनाउने ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदले घोषणा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले महाकवि देवकोटा लाई सम्झेर महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उत्सवमा कवि पहल असिम,कमलराज केसि,मनोज बिवस,नेत्र प्रसाद उपाध्यायले
लक्ष्मी प्रसाद देवकोटाको सम्झनामा कबिता सुनाएका थिए। भने गजलकार जीवन सरोवर ,नवीन चिराग,लक्ष्मण संगम,खेम बगर,जनक अधिकारी बारुद,नरेश थापा लगायत गजलकार हरुले गजल तथा रचना सुनाएका थिए भने चर्चित देउडा गायक राजाराम भाटले देउडा गित मार्फत महाकवि देवकोटा लाई सम्झीएका थिए । समाजका सल्लाहकार बिशाखर देवकोटाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन समाजका केन्द्रीय सदस्य कृष्ण प्रसाद देवकोटाले गर्नुभएको थियो ।
सिफारिस