विश्व ध्यान दिवस अछाममा मनाइयो

विश्व ध्यान दिवस अछाममा मनाइयो

अछाम : संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस नेपालसहित विश्वभर मनाइँदैछ ।

सोही अवसरमा जिल्ला आयुवेर्द स्वास्थ केन्द्र अछामको आयोजना तथा जिल्ला प्रशासन कार्यालय अछामको सहकार्यमा अछाममा विश्व ध्यान दिवस मनाइएको छ ।

जिल्ला स्थित सुरक्षा निकायका प्रमुख , सरकारी कार्यालयका प्रमुख एवं सरोकारवाला हरुको उपस्तिथिमा दिवस मनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले र गोरख बक्स गण अछामका गणपति प्रमुख सेनानी संगम अधिकारीले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेकाअ थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लम्सालले ध्यान, मानसिक तनाव घटाउने र दिमागलाई विश्राम दिने प्रभावकारी विधि भएको बताए । अध्यात्मसँग जोडिएको यो प्रक्रिया अब स्वास्थ्य र व्यक्तिगत विकासका लागि पनि उपयोगी मानिने उनको भनाइ छ ।
ध्यानले मानव जीवनलाई तनावमुक्त र स्वस्थ बनाउने दिशामा ध्यानको प्रभावलाई विश्वस्तरमा फैलाउन ठूलो योगदान पुर्‍याएको बताए ।

प्राचीनकालमा ऋषिमुनि र योगीहरूले आश्रममा ध्यान अभ्यास गर्दै मानिसलाई शान्त जीवनका उपाय सिकाउँथे । आजका दिनमा भने विपश्यना, जीवन विज्ञान, ओमशान्ति, पतञ्जलीजस्ता संस्थाहरूले ध्यानलाई आधुनिक जीवनशैलीमा समेट्ने प्रयास गरिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा मान्यता दिँदै, डिसेम्बर २१ लाई पहिलो पटक ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको हो । योग प्रशिक्षक रुपेन्द्र बुढाले ध्यानको बारेमा प्रशिक्षण गरेका थिए भने उक्त कार्यक्रमको संचालन बैध सुरेश कटुवालले गरेका थिए ।

Leave a Reply