नेविसंघमा शेखर पक्षको समानान्तर गतिविधि, महाधिवेशन प्रतिनिधि तोक्यो

नेविसंघमा शेखर पक्षको समानान्तर गतिविधि, महाधिवेशन प्रतिनिधि तोक्यो

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद चुलिएको छ । संस्थापन पक्ष र शेखर कोइराला पक्षबीच कुरा नमिल्दा संगठनका नेताहरूले समानान्तरण गतिविधि सुरु गरेका छन् ।

१२औं महाधिवेशनका लागि जिल्ला प्रतिनिधि चयनमा सहमति हुन नसक्दा कोइराला पक्षका विद्यार्थी नेताले समानान्तर गतिविधि सुरु गरेका हुन् ।

गगन थापाको समेत सहमतिमा केन्द्रीय प्रतिनिधि छानिए पनि त्यसमा असन्तुष्ट जनाउँदै कोइराला पक्षले छुट्टै प्रतिनिधि घोषणा गरेको छ ।

शेखर पक्षकी नेत्रि केन्द्रीय सदस्य प्रेमिका रानामगरले ७७ जिल्लाका लागि छुट्टै प्रतिनिधिको सूची सार्वजनिक गरेकी हुन् । सूची सार्वजनिक गर्दै उनले जिल्लाक्याम्पसविश्वविद्यालय कमिटीसँग समन्वय गरी अधिवेशन सम्पन्न गराउ भनेकी छन् ।

Leave a Reply