अछाममा विकासको नेतृत्व कांग्रेसले गरेको : सह-महामन्त्री चलाउने
अछाम। जिल्लाको कमलबजार नगरपालिका–७ सेरामा नेपाली काँग्रेस अछामले १ सय दिने विशेष अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली काँग्रेस वडा सभापति खडक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सह महामन्त्री अम्बिका चलाउने रहेकी थिइन् ।
प्रमुख अतिथिको आसनबाट बोल्दै चलाउनेले अछामका सबै विकास निर्माणका काममा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै कमलबजार विमानस्थलको निर्माण काङ्ग्रेसकै पहलमा भएको र केही दिनमै परीक्षण उडान सुरु हुने जानकारी दिइन् ।
कार्यक्रममा नेपाली काँग्रेस अछामका जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले सङ्गठन सुदृढीकरणलाई प्राथमिकता दिनु पर्ने बताउँदै नेता–कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा सङ्गठनको हितमा क्रियाशील रहन निर्देशन दिनुभयो।
कार्यक्रममा पूर्व सांसद द्वय राम बहादुर बिस्ट,अक्कल बहादुर बिस्ट,पार्टीका अछाम जिल्ला उपसभापती नयाँराम बजगाइ, पार्टीका सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य वेदप्रकाश तिमिल्सैना, महासमिति सदस्यहरू पदमराज अधिकारी , ओम प्रकाश बिस्ट, कमल बिक , भुमिशरण ढकाल , पूर्व महासमिति सदस्य देवराज देवकोटा, महाधिवेशन प्रतिनिधि यज्ञ प्रसाद ढकाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा कमलबजार नगरपालिका संयोजक खेम भण्डारीले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै सङ्गठन सुदृढीकरण र विकासका मुद्दामा छलफल भएको बताए।
कार्यक्रमले सङ्गठन निर्माणलाई गति दिने र विकासका लागि ठोस कदम चाल्ने दिशामा पार्टीलाई अघि बढाउने विश्वास गरिएको छ ।