ब्रोइलर कुखुराको मासु खाएर अछाममा १ जनाको मृत्यु ,तीनजना बिरामी
शुसिल भण्डारी
पौष १४, २०८१ १८:०८:५० • २६ पटक पढिएको
अछाम : ब्रोइलर कुखुराको मासु खाएर अछाममा १ जनाको मृत्यु भएको छ ।
ज़िल्लाको कमलबजार नगरपालिका -३ बयलाका १५ बर्षका कमल बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिए । बयाला निवासी तुला सिहं बि.क को घरमा ल्याएको बोइलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।
मासु खाएर बि.कको घरमा थप ३ जना बिरामी भएका छन् । बिरामी ३ जनालाइ थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा ल्याइ उपचार भइरहेको र मृतकको लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा ल्याइएको प्रनाउ भण्डारीले बताए ।
सिफारिस