जिल्ला समन्वय समिति अछामको जिल्ला सभाको मुख्यमन्त्री शाहद्वारा उद्घाटन
अछाम १५ पौष: समन्वय समिति बलियो भएमा जिल्लामा विकास तथा सेवा प्रवाहमा सहज हुने सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।
जिल्ला समन्वय समिति अछामको जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले समन्वय समितीलाई संविधानले परिकल्पना गरे बमोजिम प्रभावकारी बनाउन आवश्यक रहेको बताए । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि हरुलाइ विकास र समृद्धिको पाटोमा डोर्याउन आफुले प्रयत्न गरिरहेको उनले बताए ।
सुदुरपश्चिम प्रदेश सरकारले प्रदेश निजामती ऎन पास गरिसकेकोले अब लगत्तै बस्ने सदनबाट स्थानीय सेवा संचालन सम्बन्धि ऐन पास हुने कुरामा बिश्वस्त हुन् आग्रह समेत गरे ।
एक फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री शाहले अछाम र सुर्खेत जिल्ला भए बग्ने कर्णाली नदिमा निर्माणको तयारीमा रहेको ४३९ मेघावटको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण कार्यमा चासो नराखेकोले उक्त अर्धजलाशययुक्त जलविद्युत् आयोजना बाट निर्माण कम्पनीले हात झिकेमा सुदुरपश्चिम प्रदेशले लगानीको वातावरण सिर्जना गर्ने बताए ।
कार्यक्रममा स्थानीय सरकारले गर्नुपर्ने सामान्य कुरामा पनि प्रदेश केन्द्र सरकारले हस्ताक्षप गरेको स्थानीय तहका जनप्रतिनिधि हरुले आरोप लगाएका थिए ।
प्रदेश सरकारको योजना स्थानीय तह संग समन्वय नगरेर भुक्तानी हुने गरेकाले स्थानीय तहलाई जानकारी गराउनु पर्ने बताएका थिए ।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवरको अध्यक्षतामा भएकोजिल्ला सभामा पुर्व मन्त्री एवं प्रतीनिधीसभा सदस्य शेरबहादुर कुवर,पुष्प बहादुर शाह,सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का ,प्रदेश सभा सदस्य मानबहादुर रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।