दैनिक जिवनमा योग अपरिहार्य छ : सांसद शाह
अछाम:अछामको मंगलसेनमा रहेको शोडषा देबी माध्यमिक बिधालयमा योग साधना केन्द्रको स्थापना गरिएको छ ।पतञ्जली योग समिती,महिला पतञ्जली योग समितीको संयुक्त प्रयासबाट शोडषा देबी माध्यमिक बिधालयमा शाखाका रुपमा योग केन्द्रको बिहिवार प्रतिनिधि सभा सदस्य माननीय सांसद पुष्प शाहले उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै माननीय शाहले- योग स्वास्थ्य जिवनको बलियो भएको,योग साधना हाम्रो धर्म,संस्कार र संस्कृती संग जोडिएकोले हाम्रो तन,मन र मस्तिष्कलाई तन्दुरुस्त स्वच्छ राख्न दैनिकी जिवनमा योग जरुरी रहेको बताए ।
समाजमा बिकृती, बिसंगती,अप्रिय घटनाहरु अस्वस्थ मनस्थितिका कारण घटने गरेकोले तनाब मुक्त हुन,स्वस्थ रहन , दैनिकी सहज बनाउन सबैको लागि योगा अपरिहार्य रहेको शरिरमा स्वस्थता,शक्ति र आत्मविश्वास बढाउने एक दरिलो माध्यम केवल योग भएकाले यो जिवनको बलियो आधार भएको बताए ।
कार्यक्रम बिशिस्ट अथिति मंगलसेन नगरपालिका उपप्रमुख संगीता रावल सोडारी ,प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले बोल्दै -“योग, ध्यान, साधनाको नियमित अभ्यासले मात्रै प्रतिफल प्राप्त हुने भएकाले आजको व्यस्त जीवनशैलीमा आफ्नो पेशा ब्यवसाय लाई सहि ढंगले सम्पादन गर्न योग अभ्यास नियमित गर्न सुझाब दिए।