पञ्चदेवल विनायकमा एमाले छोडेर २१ जना काङ्ग्रेस प्रवेश

पञ्चदेवल विनायकमा एमाले छोडेर २१ जना काङ्ग्रेस प्रवेश

अछाम । नेकपा एमाले परित्याग गरी अछामको पन्चदेवल विनायक नगरपालिकामा २१ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नगरपालिकाको वडा नम्बर ४ का सुरेन्द्र शाही सहित २१ जना प्रवेश गरेका छन् । प्रवेश गर्नेमा एमालेका प्रभावशाली मानिएका दीपक बोगटी समेत रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेस सुदूर पश्चिम सहमहामन्त्री अम्बिका चलाउने,जिल्ला सभापति पुष्प बहादुर शाह, पूर्व सांसद राम बहादुर बिष्ट, अक्कल बहादुर बिष्ट, महासमिति सदस्य गणेश बहादुर बिष्ट , पदमराज अधिकारी, सुरत बहादुर बिष्ट,ओम प्रकाश बिष्ट, यज्ञ प्रसाद ढकाल,लक्ष्मण शाह, पूर्व महासमिति सदस्य देवराज देवकोटा लगायतको सहभागिता थियो ।

नगर सभापति सज्जन बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नव प्रवेशिहरुले पन्चदेवल विनायकमा कम्युनिस्टहरूले नागरिकलाई दुख दिने काम गरेको आरोप लगाएका छन् ।

नगर उपसभापति बलराम बिष्टले सञ्चालन गरेको कार्यक्रममा बोल्दै नेताहरूले नव प्रवेशिलाई खादा र टिकाले स्वागत गरेका हुन ।

Leave a Reply