मंगलसेन नगरपालिका -४ द्धारा समुदायमा स्वास्थ्य जाँच कार्यक्रम संचालन
अछाम : मंगलसेन नगरपालिका वडा नम्बर ४ द्धारा समुदायमा स्वास्थ्य जाँच कार्यक्रम संचालन । मंगलसेन नगरपालिका वडा न ४ ले समुदायमा स्वास्थ्य जाँच कार्यक्रम संचालन गरेको छ ।
वडाका नागरिकहरुलाई घरदैलोमै गएर सेवा दिने उदेश्यले कार्यक्रम संचालन गरिएको हो । पछिल्लो समयमा नसर्ने रोगका वीरामीहरु बढ्न थालेपछि आफ्नो वडाका नागरिकहरुको स्वास्थ्य अवस्थामा बारेमा जाचबुझ गर्ने हेतुका साथ यो स्वास्थ्य जाँच कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष नाम सिंह धामीले बताउनुभयो ।
जस अन्तरगत आईतबार पहिलो दिन वडाको ढल्ले टोलमा ३० बर्ष माथिका ५६ जनाको स्वास्थ्य जाच गरिएको छ । त्यी मध्य ७ जना उच्च रक्तचाप, २ जना मधुमेहका विरामी र दुईजना मधुमेहका संस्कापद विरामीलाई थप उपचारका लागि जिल्ला अस्पताल जान आवश्यक परामर्श दिईएको स्वास्थ्यचौकी ईन्चार्ज अर्जुन बोहरा बताउनुभयो । ईन्चार्ज बोहराका अनुसार क्षयरोगका संकास्पद विरामीको खकार संकलन गरि त्रिशुली प्लस संस्था मार्फत जाचका लागि सुविधायुक्त अस्पतालमा पठाईएको छ ।
आफ्नै घर आगनमा स्वास्थ्य सेवा पाएपछि स्थानीय नागरिकहरु निकै खुसी भएका छन ।
स्वास्थ्य जाँच कार्यक्रममा वडा अध्यक्ष नाम सिंह धामी, स्वास्थ्यचौकी ईन्चार्ज अर्जुन बोहरा सहित स्वास्थ्यकर्मी र कर्मचारीको सहभागिता रहेको थियो । सोमबार नागातोलामा स्वास्थ्य जाच कार्यक्रम संचालन गरिएको छ । उक्त टोलमा पनि धेरै सेवाग्राहीहरुले सेवा लिएका थिए ।