नेकपा माओवादी केन्द्रका अछामका युवा नेता बिक नेपाली काङ्ग्रेस प्रवेश

नेकपा माओवादी केन्द्रका अछामका युवा नेता बिक नेपाली काङ्ग्रेस प्रवेश

अछाम : नेकपा माओवादी केन्द्रका युवा नेता दिलिप बहादुर बिक नेपाली काङ्ग्रेस प्रवेश भएका छन् ।

शुक्रबार नेपाली काग्रेसको रामारोशन गाउकार्यसमितिको आयोजनामा मुजाबगरमा भएको अगुवा कार्यकर्ता भेला तथा पार्टि प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता तथा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका रामारोशन गाउँपालिका ४ बाटुलासैन निवासी युवा नेता बिक लाई नेपाली काङ्ग्रेस अछामका पुर्व पार्टी सभापति भरत कुमार स्वारले काङ्ग्रेस पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भरत कुमार स्वारले काङ्ग्रेस पार्टी कमजोर भयो भने देशको लोकतन्त्र कमजोर हुने भन्दै लोकतन्त्र बलियो बनाउनका लागि ग्रामिण भेग देखि केन्द्र सम्म काङ्ग्रेस बलियो हुनु पर्ने बताए ।

देशको समाबेशिताको पक्षधर भएको एउटै नेपाली काङ्ग्रेस भएकोले नव प्रवेशि बिक लाई पार्टीमा अरु कार्यकर्ता झै समान व्यवहार हुने बताए । साथै नेता स्वारले नवप्रबेशी बिकको काङ्ग्रेस पार्टीमा उज्ज्वल भबिस्यको कामना व्यक्त गरे ।

कम्युनिस्टहरु अवसरवादमा लिप्त भएको भन्दै माओवादी केन्द्र पार्टीमा आफ्नो र समग्र युवा हरुको भविष्य नभएकोले काङ्ग्रेस पार्टीको चारतारे झण्डामा उभिएको बिकले बताए । साथै उनले बिपिको सिधाान्त र बिचार लाई आत्मसात गर्दै हाल नेपालमा रहेका क्रियाशिल राजनीतिदल हरुमा नेपाली काङ्ग्रेस पार्टी सबैभन्दा लोकतान्त्रिक र जनताको पार्टी भएको आफ्नो ठम्याइ भएकोले आफु लगायत तमाम रामारोशनका सचेत युवा तथा दलित दाजु भाइ हरूलाई यो पार्टीमा गोलबद्द हुन् आव्हान गरे

कार्यक्रममा नेकपा माओवादी केन्द्रका मुकेश जैशी समेत काङ्ग्रेस  प्रवेश भएका थिए ।

नेपाली काङ्ग्रेस रामारोशन गाउँ कार्यसमिति सभापति एवं गाउँपालिका अध्यक्ष मान बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेपाली काङ्ग्रेसका सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य अनुराधा स्वार जिल्ला उपसभापति अर्जुन ताम्राकार अछाम क्षेत्र न.१ का क्षेत्रीय सभापति कृष्ण बहादुर बुढा ,जिल्ला कार्यसमिति सदस्य खडक बहादुर भण्डारी,राम बहादुर कुवर,पुष्प बिस्ट, आमन्त्रित सदस्य पृथ्वी बहादुर शाह,गणेश सावद, क्षेत्रीय सचिव पुर्ण बहादुर बि.क, प्रदेश सभा ख का सचिव  उमेश कुमार बोहरा लगायत सम्पुर्ण वडाका वडा सभापतिको उपस्थित रहेको थियो । साथै बिकलाई नेपाली काङ्ग्रेस रामारोशन गाउँकार्यसमितिको रिक्त रहेको सचीव पदमा सभापति मानबहादुर साउदले मनोनीत गरिएको निर्णय गरेका छन् । कार्यक्रमको संचालन सचिव टेकबहादुर बिष्टले गरेका थिए ।

Leave a Reply