दशौँ राष्ट्रिय योग दिवस अछाममा मनाइयो

दशौँ राष्ट्रिय योग दिवस अछाममा मनाइयो

सुशील भण्डारी,अछाम : स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस अछाममा पनि मनाइएको छ ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालको अध्यक्षतामा मनाइएको योग दिवसमा  पतन्जलि योग समिति अछामका योग प्रशिक्षक जयबहादुर बोगटी ,अछाम जिल्ला महिला योग प्रभारि गिता हमाल ,महामन्त्री बिशेस्वर प्रसाद ढुंगानाले योगको बारेमा जानकारी दिनुको साथै योग प्रशिक्षण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी  लम्सालले योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने बताउनुभयो ।

शारीरिक र मानसिक रुपले स्वस्थ रहनका लागि योग महत्वपूर्ण माध्यम भएको उल्लेख उहाँले उल्लेख गर्नुभयो ।

स्वास्थ्य लाभ, मानसिक शान्तिका लागि योग अभ्यास गर्ने सङ्ख्या दिन प्रति दिन बढ्न थालेकोले सबैले योग गर्नु अहिलेको आवश्यकता भएको प्रजिअ लम्सालले बताउनुभयो।

योग दिवसमा उपस्थित सबैलाई  जंगली तरुल, तिलको लड्डु र चाकु खुवाएर शुभकामना आदानप्रदान गरिएको जिल्ला आयुवेर्द स्वास्थ्री केन्द्र अछामका प्रमुख दिपकराज पन्तले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारी , प्रमुख  अनुसन्धान अधिकृत डिलबहादुर चौधरी , कोश नियन्त्रक दिवस घिमिरे लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।

 

Leave a Reply