भुकम्प सम्बन्धी कृतिम घटना अभ्यास गरेर २७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस अछाममा मनाइयो

भुकम्प सम्बन्धी कृतिम घटना अभ्यास गरेर २७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस अछाममा मनाइयो

सुशील भण्डारी ,अछाम : जिल्ला विपद व्यवस्थापन समितीको अछामको आयोजनामा २७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८१ को अवसरमा  भुकम्प सम्बन्धी कृतिम घटना अभ्यास गरेर दिवस मनाइएको छ ।

जिल्ला विपद व्यवस्थापन समितीको अछामका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा

नेपाली सेनाको गोरख बक्स गण,जिल्ला प्रहरी कार्यालय अछाम ,सशस्त्र प्रहरी बल खप्तड गुल्मले बुधबार मंगलसेन खुला मंचमा भूकम्प प्रकोप र आगलागी सम्बन्धी डेमो प्रदर्शन गरेका थिए भने नेपाल रेडक्रस सोसाइटीले प्राथमीक उपचार केन्द्रको स्थापना गरेर कृतिम घटनामा सहजीकरण गरेको थियो ।

दिवसको अवसरमा मंगलसेन नगरपालिकाका १४ वटै वडाको भुकम्प  सम्बन्धी सन्देश मुलक देउडा ( न्याउले) प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिका नगर  प्रमुख पदम बहादुर  बोहरा  रहेका थिए । कार्यक्रममा नगर उपप्रमुख संगिता  सोडारी, गोरख बक्स गण अछामका  निमित्त गणपति  सेनानि दामोदर आचार्य ,जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारी , सशस्त्र प्रहरी बल खप्तड गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक नरबहादुर शाहि,प्रमुख  अनुसन्धान अधिकृत डिलबहादुर चौधरी लगायत जिल्ला स्थित सरोकारवालाको उपस्थित रहेको थियो । सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर रावलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय खकेन्द्र बहादुर सोडारीले गरेका थिए ।

Leave a Reply