स्कुल अफ डेमोक्रेसी अछामद्वारा जिल्ला अस्पताल अछाममा तातो कम्बल र बेडसेट बितरण
शुसिल भण्डारी
माघ ६, २०८१ १४:१०:३० • ३१७ पटक पढिएको
सुशील भण्डारी,अछाम :स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिति अछामले जिल्ला अस्पताल अछामका बिरामीलाई तातो कम्बल र बेडसेट बितरण गरेको छ ।
चिसो बढ्दै गइरहेको अवस्थामा अस्पतालका बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने भन्दै जिल्ला अस्पताल अछाममा भर्ना भएका बिरामी हरुको प्रयोजनका लागी कम्बल वितरण गरिएको स्कुल अफ डेमोक्रेसी अछामका अध्यक्ष पदमराज अधिकारीले जानकारी दिनुभयो ।
कम्बल हस्तान्तरण गर्दै सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले जाडोयाममा बिरामीको शारीरिक अवस्थालाई मध्यनजर गरेर कम्बल वितरण गरि स्कुल अफ डेमोक्रेसीले परोपकारी काम गरेकोमा प्रसंशा गर्नुभयो ।
पछिल्लो समय जिल्ला अस्पताल अछाममा गुणस्तरीय सेवा प्रवाह भइरहेको भन्दै गुणस्तर सेवा प्रदान गर्न रातदिन नभनेर खटिनु भएका स्वास्थ्यकर्मी हरुलाइ धन्यवाद व्यक्त गर्नुभयो ।
जिल्ला अस्पताल अछामको बारेमा मात्र नभएर समग्र सुदुरपश्चिम प्रदेशका स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि आफू निरन्तर लागिपरेको समेत उहाँले बताउनुभयो ।
पहाडी जिल्लाका नागरिक हरुको स्वास्थ्य माथि ध्यानमा राख्दै पहाडी जिल्लामा विशेषज्ञ डाक्टरको आवस्यकता परेकोले सबै ठाउँमा विशेषज्ञ डाक्टर पठाउने पहल भैरहेको पनि बताउनुभयो ।
एक फरक प्रसङ्गमा बोल्दै मन्त्री खड्काले
सुदुरपश्चिम प्रदेशले छात्रवृत्ति कोटामा मेडिकल अधिकृत
पढाइ रहेको र अब निकट भविष्यमा छात्रवृत्ति कोटामा विशेष डाक्टर पढाउने कुरा पनि अघि बढाइएको भनाइ राख्नु भयो ।
कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा ,कमलबजार नगरपालिका नगर प्रमुख यज्ञप्रसाद ढकाल ,प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले अन्य संघसस्था हरुले पनि यस्ता रचनात्मक कामको सिको गर्नु पर्ने बताएका थिए ।
जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट कम्लेश प्रसाद यादवले भौतिक संरचना र अभावका बाबजुत पनि नागरिकको स्वास्थ्य सेवामा कट्टिबद्द रूपमा लागेको बताउनुभयो ।
जिल्ला अस्पतालमा तातो कम्बल ४० वटा , बेड सेट
५० वटा र सिरानी ५० वटा उपलब्ध गराइएको स्कुल अफ डेमोक्रेसी अछामका सचिव बम स्वारले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारी ,प्रमुख अनुसन्धान अधिकृत डिलबहादुर चौधरी ,जनस्वास्थ्य अधिकृत झपटराज ढुंगाना ,अस्पताल व्यवस्थापन समितीका अध्यक्ष शिव बहादुर बोगटी ,वडा नम्बर ४ का अध्यक्ष नामसिंह धामी ,पुर्व वडा अध्यक्ष जनकराज भण्डारी ,रामबहादुर शाही लगायत सरोकारवाला हरुको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन बम बहादुर स्वारले गरेका थिए ।
सिफारिस