भैरवस्थान प्रहरी चौकी रानिबनको नवनिर्मित भवनको उद्घाटन

शुसिल भण्डारी
माघ ७, २०८१ १८:०२:४८ • २०९ पटक पढिएको

सुशील भण्डारी,अछाम :तुर्माखाद गाउँपालिका – ६ कुनिगडामा अवस्थित भैरवस्थान प्रहरी चौकी रानिबनको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसिले उक्त नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । भवनको उद्घाटन गर्दै बिसिले प्रहरी चौकीको आफ्नै भवन निर्माणले यहाँका नागरिकलाइ सहज हुने बताउनुभयो ।
वडा नम्बर ६ को वडा कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट ४ लाख रकम र प्रधानमन्त्री स्वरोजगर अन्तर्गत दुई लाख बराबरको कामबाट प्रहरी चौकीको तिन कोठे भवन निर्माण गरिएको वडा अध्यक्ष टिकाराम्म न्यौपानेले जानकारी दिनुभयो ।
स्थानीय तहका नागरिकको सुरक्षाको जिम्मेवारी लिएका ग्रामीण क्षेत्रका प्रहरी नै आफैं असुरक्षित भएर नागरिकको सुरक्षामा खटिनुपर्ने अवस्थामा प्रहरी चौकीको आफ्नै भवन निर्माण हुँदा शान्ति सुरक्षा कायम गराउन सहयोग पुग्ने प्रहरीको भनाइ छ ।
नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन कार्यक्रममा बोल्नु हुँदै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले प्रहरी आफैंलाई पनि काममा उच्च मनोबल प्राप्तसँगै नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठुलो भूमिका हुने बताउनुभयो ।
भाडाको भरमा जिर्ण घरबाट नागरिकको सेवामा खटिएका यहाका प्रहरीको लागी प्रहरी चौकीको भवन निर्माण हुँदा यहाँका आम नागरिक लाई छिटो ,छरितो र सहज तरिकाले सेवा प्रवाह हुने उहाँको भनाइ छ ।
अहिले पनि जिल्लामा १४ वटा प्रहरी चौकीको आफ्नै भवन नभएको अवस्थामा भाडाकै घरमा प्रहरी हरु बसिरहेका प्रनाउ भण्डारीले बताउनुभयो ।
कार्यक्रममा तुर्माखाद गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाही ,पुर्व गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा ,प्रमुख अनुसन्धान अधिकृत डिल बहादुर चौधरी ,वडा नम्बर ३ का अध्यक्ष कासिराम बुढा ,वडा नम्बर ७ का अध्यक्ष भिम बहादुर चलाउने ,वडा नम्बर ८ का अध्यक्ष निरक बहादुर शाही लगायतले मन्तव्य राखेका थिए । जवाल सिंह बुढाको स्वागत मन्तव्य बात सुरु भएको कार्यक्रमको सञ्चालन जीवन न्यौपानेले गरेका थिए ।
सिफारिस