विवाहको उमेरहद २० वर्ष नै कायम राख्न माग 

विवाहको उमेरहद २० वर्ष नै कायम राख्न माग 
सुशील भण्डारी,अछाम :  अछाम जिल्ला स्तरीय किशोरी संञ्जालले विवाहको उमेरहद २० वर्ष नै कायम राख्न माग गरेकाछन् ।
बिहिवार जिल्ला प्रशासन कार्यालय अछाममा अछाम जिल्ला स्तरीय किशोरी संञ्जालका अध्यक्ष  मनिषा बजगाईको नेतृत्वको टोलिले प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवार काठमाण्डौ लाई  ज्ञानपन पत्र बुझाउदै ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले गठन गरेको उप समितिको उप समितिले २०८१
माघ २ गते विवाहको उमेर हद २० वर्ष बाट दुई वर्ष घटाएर १८ वर्ष मा झार्न सुझाव दिएको विषय प्रति अछाम जिल्ला स्तरिय किशोरी संञ्जालको गम्भिर ध्यानाकर्षण भएको संजालका अध्यक्ष बजगाइले बताउनुभयो ।
गृह मन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लाई उक्त ज्ञापन पत्र आज नै पठाइएको प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले बताउनुभयो ।
महिला बालबालिका तथा किशोरीको क्षेत्रमा काम गर्ने अछाम जिल्ला स्थित सम विकास नेपालको समन्वयमा किशोरी हरुको उपस्थितमा ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएको उक्त संस्थाका फिल्ड संयोजक पवन गिरिले बताउनुभयो ।

Leave a Reply