नेपाल शिक्षक संघ अछामको २४ औं प्रतिनिधि भेला सम्पन्न

नेपाल शिक्षक संघ अछामको २४ औं प्रतिनिधि भेला सम्पन्न

अछाम : नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति अछामको २४ औं प्रतिनिधि भेला सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ अछामका अध्यक्ष नबिन्द्रराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व पार्टी सभापति भरत कुमार स्वार रहनु भएको थियो । प्रमुख अतिथिको रूपमा बोल्दै स्वारले शिक्षा क्षेत्रको बिकासका लागि संस्कारयुक्त शिक्षामा जोड दिदै अभिभावक, विद्यार्थी र शिक्षकको त्रिपक्षीय सम्वन्ध सुधार गर्न सके शिक्षाको उन्नती हुने बताउनुभयो । साथै उहाँले लोकतन्त्रको जर्गेना, समाजको उन्नतीका लागि शिक्षकहरुले अगुवाको भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा अझ सशक्त ढंगले लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका महासमिति सदस्य सुरत बहादुर बिष्ट ,पदमराज अधिकारी ,जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवर,नेपाल शिक्षक संघ सुदुरपश्चिम प्रदेश कार्यसमितिका उपाध्यक्ष सुनिता थापा रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर १ का सभापति कृष्ण बहादुर बुढा ,क्षेत्र नम्बर  २ का सभापति पुष्पराज शर्मा बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउद
लगायतका अतिथि रहेका थिए ।

कार्यक्रममा शिक्षक संघमा आबद्ध सेवा बाट निवृत्त विभिन्न शिक्षक हरुलाइ सम्मान गरिएको थियो । त्यस्तै नेपाल शिक्षक संघ अछामका  संस्थापक कमलबजार नगरपालिका वडा नम्बर ७ सेरा निवासी स्वर्गीय शिक्षक देबेन्द्र बहादुर भण्डारी लाई मरोणपरान्त सम्मान गरिएको छ ।

उपाध्यक्ष शारदा रावलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव रुपानन्द उपाध्यायले गर्नुभएको थियो ।

 

 

Leave a Reply