उच्च अदालत सुर्खेतका न्यायाधीश भण्डारीलाई अछामी कल्याण समाज सुर्खेतद्वारा भब्य स्वागत
सुर्खेत : अछामी कल्याण समाज सुर्खेतको आयोजनामा उच्च अदालत सुर्खेतमा भर्खरै सरुवा भएर आउनु भएको न्यायाधीश मातृका प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
मिनबहादु शाहीको अध्यक्षतामा भएको कार्यक्रममा न्यायाधीश भण्डारीलाई समाजले भब्य रूपमा स्वागत गरेको हो ।
कार्यक्रममा बोल्नु हुँदै न्यायाधीश भण्डारीले समाजले विभिन्न पेशा ,व्यवसाय र उदेश्यले सुर्खेत जिल्लामा बसोबास
गर्नु हुने सम्पुर्ण अछामी दाजुभाइ तथा दिदिबहिनी हरुलाइ गोलबद्द गराइ सुख दुखमा हातेमालो गराउनुपर्ने बताए ।
न्याय क्षेत्र बहुत संवेदनशील भएकोल न्याय सम्पादनको क्रम बाहेक अन्य समयमा आफु आम नागरिक जस्तै भएकोले आफुले गर्न सक्ने सहयोगमा कुनै कमि नहुने बताउनुभयो ।
कार्यक्रममा समाजका सल्लाहकार बमबहादुर बिसि, हिउँसिंह बुढा ,जनक रावल ,भु तथा जलाधार ब्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत हिमालय साउद ,जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा उर्मिला शाही लगायत सुर्खेत जिल्लामा बसोबास गर्ने अछामि हरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संचालन समाजका उपाध्यक्ष शिव बहादुर बिसिले गर्नुभएको थियो ।