बाल अधिकार समिति मा अध्यक्ष स्वयंम सकृय

बाल अधिकार समिति मा अध्यक्ष स्वयंम सकृय

अछाम : पञ्चदेवल विनायक नगरपालिका वडा नं ६ को आयोजनामा आस्था नेपाल र वल्ड भिजनको सहयोग तथा साझेदारीमा खातिवडा टोलमा बाल अधिकार समितिको बैठक सम्पन्न भएको छ।

बाल अधिकार समिति संयोजक तथा पञ्चदेवल बनायक नगरपालिका वडा नं ६ का वडा अध्यक्ष कमल रावलकाे अध्यक्षतामा भएको बैठकमा वडा सदस्य चन्द्रा वि क आस्था नेपालका सामाजिक परिचालक सुशील बटाला, लक्ष्मी रावल को उपस्थिति रहेको थियो ।

बाल अधिकार समितिको बैठक प्रत्येक टोलटोलमा गएर बाल-बालिकाका सवालमा समुदायमा रहेका बालबालिका र उनका अभिभावक सँग अन्तरक्रिया तथा छलफल गरी बैठक गर्ने गरेको वडा अध्यक्षले बताउमु भएको छ ।

प्रत्येक टोलटोलमा प्रत्येक महिना बाल अधिकार समितिको बैठक गर्ने र समुदायसँग छलफल गरी आएका समस्याहरुलाई वडामा समाधानका लागि छुट्टै योजना बनाएर जाने समेत अध्यक्ष रावल ले बताएका छन ।

Leave a Reply