अछाममा २१ सदस्यीय जिल्ला बाल सञ्जाल गठन

अछाममा २१ सदस्यीय जिल्ला बाल सञ्जाल गठन

अछाम : जिल्लाभरका बालबालिकाको भेलाले अछाममा बाल सञ्जाल गठन गरेको छ । भेलाले कमलबजार नगरपालिकाकी १५ वर्षीया मनीषा साउदको नेतृत्वमा २१ सदस्यीय जिल्ला बाल सञ्जाल गठन गरेको हो । सञ्जालको अध्यक्षका लागि भएको गोलाप्रथाबाट साउद अध्यक्ष बनेकी थिइन् ।

सञ्जालको वरिष्ठ उपाध्यक्षमा पञ्चदेवल विनायक नगरपालिकाकी रीता ढकाल, उपाध्यक्षमा तुर्माखाँद गाउँपालिकाका खेमराज धमाला, महासचिवमा ढकारी गाउँपालिकाका लोचन कुँवर, सचिवमा साँफेबगर नगरपालिकाका रोहित शर्मा, सहसचिवमा बान्नीगढी जयगढ गाउँपालिकाकी आकृति ताम्राकार र कोषाध्यक्षमा चौरपाटी गाउँपालिकाकी सुस्मिता देवकर चयन भएका छन् ।

सदस्यहरूमा जिल्लाका दशवटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी १४ जनालाई समाबेसी रुपमा चयन गरिएको छ । सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलको अध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले बाल संरक्षण, बाल बचाउ र बालअधिकारसम्बन्धी गतिविधिमा अग्रसर हुन सञ्जालका पदाधिकारीहरुलाई सुझाव दिए । कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले स्थानीय सरकारले बालबालिकाको सम्वृद्धि र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बाल सञ्जालले स्थानीय तहमा बालमैत्री विकासका बहस पैरवी, सहभागिता र बाल अधिकारको रक्षाका लागि काम गर्नुपर्ने पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले बताइन । ढकारी गाउँपालिकका अध्यक्ष प्रकाशबहादुर साउदले बालबालिकाको अवस्था अध्ययन, संरक्षण, विकास, सहभागितालगायत लक्ष्यसहित सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी काम गर्न सञ्जाललाई आग्रह गरे ।

सभामा अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बाल सञ्जाललाई आइपर्ने कानुनी तथा अन्य प्राविधिक जटिलता बारे सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
भेलामा अधिवक्ता पुष्पराज शर्माले बाल सञ्जाल गठनको नीतिगत व्यवस्था बारे सहजीकरण गरेका थिए भने आस्था नेपालका सचिव कृष्णप्रसाद देवकोटा र वल्र्डभिजनका जिल्ला संयोजक मीनबहादुर थापाले बाल सञ्जाललाई सक्रिय बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

Leave a Reply