जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मंगलसेन नगरपालिकालाई

अछाम —१५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मंगलेन नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर खड्काका अनुसार जिल्लाको चौरपाटी गाउँपालिकामा सञ्चालन भएको प्रतियोगितामा मंगलसेन नगरपालिकाले ७ स्वर्ण, ६ रजत, ३ कांस्य प्राप्त गरेर पहिलो भयो ।
५ स्वर्ण, ६ रजत, ५ कास्य प्राप्त गर्दै पञ्चदेवल विनायक नगरपालिका दोस्रो र ४ स्वर्ण, ५ रजत, ४ कांस्य प्राप्त गर्दै साँफेबगर नगरपालिका तेस्रो भयो ।
प्रतियोगितामा रामारोशन गाउँपालिकाले ३ स्वर्ण, ५ रजत, ३ कास्य , तुर्माखाँदले २ स्वर्ण, ३ कास्य , मेल्लेखले २ स्वर्ण, २ रजत, १ कास्य , कमलबजार नगरपालिकाले २ स्वर्ण, १ रजत, ५ कास्य , चौरपाटी गाउँपालिकाले १ स्वर्ण, २ रजत, २ कांस्य प्राप्त गरे । प्रतियोगितामा बान्नीगढी जयगढ गाउँपालिका र ढकारी गाउँपालिका भने स्वर्णविहिन भए । यी दुई स्थानीय तहले एक एक कास्य मात्रै प्राप्त गरे ।
फागुन २३ , २४ , २५ गते धनगढीमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि पनि खेलाडी छनोट गरेर घोषणा गरिएको अध्यक्ष खड्काले बताए । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गरेका थिए ।