ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

अछाम : ठगी सम्बन्धी मुद्दाका फरार व्यक्ति  पक्राउ परेका छन ।
जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका -५ निवासी

३३ वर्षका ललित बहादुर शाहीलाई नेपाल प्रहरीले काठमाडौ महानगरपालिका ३२ कोटेश्वर बाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय अछाम ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिनुभयो।

मिति २०८१ फागुन ११ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट अड्डासार भई फागुन १३ गते अछाम ल्याइएको थियोे ।

फागुन ११ गते देखि लागु हुने गरी ७ दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालय अछामको हिरासत कक्षमा राखि थप अनुसन्धान भईरहेको प्रनाउ भण्डारीले बताउनुभयो ।
पक्राउ परेका शाहीले घर जग्गा कारोबार सम्बन्धी  २९ लाख ५० हजारको रकम ठगि गरेको पाइएको छ ।

Leave a Reply