नेविसंघले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा सभापतिमा रावललाई अघि सार्यो

नेपालगन्ज : नेपाल विद्यार्थी संघले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज मा स्ववियु सभापति पदको उम्मेदवारमा नेपाल विद्यार्थी संघ नेता सन्तोष रावल( RS) लाई अघि सारेको छ ।
बिगत लामो समय देखि विद्यार्थी राजनितीमा सक्रिय रावललाई नेविसंघले सर्वसम्मत रुपमा उम्मेदवार बनाएको हो।
स्ववियुको अघिल्लो चुनावमा पनि प्रत्यासी रहेका रावलले त्यो वेला टिकट पाएका थिएनन् ।
आफुले नेतृत्व गरेको टीममा सबै विद्यार्थी लाई प्रतिनिधित्व हुने गरि टिम निर्माण बनेको विद्यार्थी नेता रावलले बताए । आफु नेतृत्वको टिमलाई बिजयी गराउन सबैले सहयोग गरिदिन अपिल समेत गरेका छन् ।