नेपाल महिला संघ अछामको बैठक सम्पन्न

नेपाल महिला संघ अछामको बैठक सम्पन्न भएको छ ।
महिला संघ अछामका अध्यक्ष अनुराधा स्वारको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम् प्रदेशका सहमहामन्त्री एवं पञ्चदेवल बिनायक नगरपालिका प्रमुख अम्बिका चलाउने रहनु भएको थियो भने विशिष्ट अतिथि पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह रहनु भएको थियो ।
बैठकमा नेपाल महिला संघको सदस्यता नबिकरण सम्बन्धी समिक्षा भएको थियो । त्यस्तै बैठकले २०८२ बैशाख २० गते भित्र नयाँ क्रियाशिल सदस्यता बितरण गरि जिल्ला कार्यसमिति लाइ बुझाउने गरि १० वटै स्थानीय तहमा प्रतिनिधि तोकेर सदस्यता पठाइएको छ ।
बैठकमा नेपाली काङ्ग्रेस सुदुर पश्चिम् प्रदेश सदस्य रुपा आउजी, महासमिति सदस्य पदमराज अधिकारी , भुमिसरण बजगाइ,भगवती खनाल ,पार्टी उपसभापति नयाँराम बजगाइ,पार्टी सहसचिव दिनेश स्वार ,महाधिवेशन प्रतिनिधि अप्सरा कुवर,लक्ष्मी शाह ,प्रदेश सभापति तारा खनाल ,जिल्ला सदस्य मिना ढुंगाना ,जनक भण्डारी ,क्षेत्र खड्का ,तरुण दलका अध्यक्ष रमेश बिष्ट लगायत को उपस्थित रहेकोे बैठकको संचालन पुर्णा शाहले गर्नुभएको थियो ।