जयगढ आगलागी :५० लाख दिने निर्णय गरि जयगढ पुगे सुदूरपश्चिमका दुई मन्त्री

अछाम :सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला मन्त्री हिरा सार्किले चैत २६ गते अछामको बान्नीगढी जयगढ गाउँपालिका केन्द्र जयगढ बजारमा लागेको आगलागीले पुर्याएको क्षतिको स्थलगत अनुगमन गरेका छन।
आगलागीको भोलिपल्ट प्रदेश बिपद कोषबाट बान्नीगढीका आगलागी पिडितलाई ५० लाख दिने निर्णय गरेर मन्त्रीहरु स्थलगत अनुगमनका लागि बिहिवार बिहान जयगढ पुगेका हुन। स्थलगत अनुगमन र आगलागी पिडितलाई भेटर मन्त्रीहरुले सहानुभूति दिई प्रदेश सरकार क्षतिको पूर्ण विवरण प्रस्ताव अझैसम्म के कति सकिन्छ सहयोग गर्ने बताए ।यश बिपद घडीमा सबैलाई सहयोग गर्न आग्रह गरे।
पिडितसँग भेट्दै सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले प्रदेश सरकारले बिपदको कार्यबिधि भन्दा बाहिर गएर मानबिय हिसाबले गाउँपालिकाले मापदण्ड बनाएर खर्च गर्ने गरि पालिकालाई पैसा उपलब्ध गराएको बताए ।
बिगतमा अन्य ठाउँमा भएका गल्तीबाट पाठ सिकेर पालिकाले राहत बितरण चनाखो हुन, एकद्वार प्रणालीबाट राहत बितरण र बितरणको मापदण्ड बनाएर राहत बितरण गर्न आग्रह गरे।जयगढ आगलागीले ठुलो क्षति गरेकोले सबै ठाउबाट सक्दो सहयोग गर्न मन्त्री खड्काले आग्रह गरे।