अछाममा चट्याङ लागेर किसानका १३ वटा भेडा मरे

अछाम : अछाममा चट्याङ लागेर किसानका १३ वटा भेडा मरेका छन् ।
बुधबार राति चट्याङ लागेर रामारोशन गाउँपालिका -६ भाटाकाटिया स्थित किर्किट्टे भन्ने ठाउँमा स्थानीय सर्प बहादुर साउद र लोक बहादुर साउदका १३ वटा भेडा मरेका हुन् । लोक बहादुर साउदका ९० वटा भेडा मध्ये १२ वटा भेडाहरु र सर्प बहादुर साउदले पालेका ८० वटा भेडा मध्ये १ वटा गरी जम्मा १३ वटा भेडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
दुवैजना किसानको थप ९ वटा भेडाहरु हिजो राती देखि नै बेपत्ता रहेकाछन । अन्य कुनै मानवीय क्षति नभएको प्रनाउ भण्डारीले बताउनुभयो ।